लालीगुराँश – च्यात्तिएको मन

 

मोजमस्ती मै डुबेछु म, थाहा थिएन कहाँ छु

ईच्छा रहर मरीसके, अहिले जीउँदो लास भाछु

खोटो रहेछ भाग्य मेरो, पाउनु दुःख पाएं

पटक पटक जीवनमा मैले धेरै धोका खाएं ।


किन होला अब मलाई आफ्नै भरोसा छैन

साधन मात्र भएँ जहिल्यै इज्जत कहिल्यै पाइन

सबै आउँछन् मिठो बोल्छन् सपना मात्र बाँड्छन्

वास्तविकता जाने पछि मिलौं दुर भाग्छन् ।


जीवन भोग्न जानीनछु अल्लारे थियो बेला

जीवन साथी साट्दा साट्दै पुगेछु देहब्यापारको मेला

धेरै पछि चाल पाएँ यो त जीउँदो नर्क रहेछ

सयौं प्रयास गरें सुध्रिन तर धेरै ढिलो भएछ ।


संगतको फलले मलाई पिर्नु सम्म पिर्यो

आफ्नो मात्र कहाँ होर परिवारकै साख गिर्यो

कसरी धानौं बाँकी जीवन जीउने रहरै छैन

समाजले नि पिर्छ मात्रै आधार कहीं पाईन ।


लक्ष्य योजना केही छैन झरेको पात भो जीवन

बोझ लाग्न थाल्यो झन् झन् मरीसक्यो यो मन

ब्यापार पनि चल्न छाड्यो खस्क्यो क्यारे जोवन

अझै कति टालौं, कति गाँसौं च्यात्तिएको यो मन ।

अझै कति टालौं, कति गाँसौं च्यात्तिएको यो मन ।

Post a Comment

0 Comments